कांग्रेस मधेस प्रदेश सम्मेलनको तयारी तीव्र, आज पत्रकार सम्मेलन गर्ने
बुधबार, ०४ पुस २०८०, ०६ : ५२
जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशले प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । कांग्रेस मधेस प्रदेशले पुस ५ गते हुने प्रथम प्रदेश सम्मेलन कार्यक्रमको तयारीबारे आज पत्रकार सम्मेलन गर्न लागेको हो।
दुई दिन चल्ने सो कार्यक्रम पहिलो दिन ५ गते उद्घाटन र दोस्रो दिन प्रदेश प्रतिनिधिहरुको उपस्थितिमा बन्द सत्रको कार्यक्रम हुने कार्यतालिका छ । सम्मेलेनको उद्घाटन कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हुने छ ।
कांग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादवले आज पत्रकार सम्मेलनअघि कार्यसमितिको बैठक बोलाएको कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी गराए । कांग्रेस मधेस प्रदेश कार्यालयमा सहभागी भइदिन नेपाल पत्रकार माहासंघ धनुषालाई पत्राचार समेत गरिसकेको गुप्ताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण