चेल्सी इएफएल कपको सेमिफाइनलमा
काठमाडौँ । चेल्सीले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । मंगलबार राति भएको खेलमा न्यूक्यासल युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो । जसमा चेल्सीका कोल पाल्मर, कोनर गल्लाघेर, क्रिस्टोफोर एनकुन्कु र मिखाइलो मुड्रिच चारै जनाले गोल गरेका थिए ।
न्यूक्यासल युनाइटेडका कलुम विल्सन र ब्रुनो गुइमारेसको मात्र प्रहार गोलमा परिणत हुँदा काइरन ट्रिपएर र माट रिट्चेको प्रहार विफल भएको थियो ।
त्यसअघि निर्धारित समयको १६ औँ मिनेटमा न्युक्यासलका कलुम विल्सनले गोल गर्दै अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा चेल्सीले बराबरी गरेको थियो । चेल्सीका मुड्रिचले गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । अन्ततः टाइब्रेकरमा चेल्सी ४–२ गोल अन्तरले विजयी हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।
यसैगरी मिडल्सवर्गले सहज जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । उसले पोर्टो भालेलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
यसैगरी फुलह्याले एभर्टनलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा फुलह्ययाम ७–६ ले विजयी भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण