घुँडाको समस्याका कारण नेमारले कोपा अमेरिका खेल्न नसक्ने
बुधबार, ०४ पुस २०८०, १२ : ५४

काठमाडौँ । ब्राजिलियन स्टार नेमारले कोपा अमेरिका फुटबल प्रतियोगिताको आगामी संस्करण खेल्न नसक्ने भएका छन् । कोपा अमेरिकाको आगामी संस्करण जुन २० देखि जुलाई १४ सम्म अमेरिकामा आयोजना हुँदैछ ।
३१ वर्षीय स्ट्राइकर नेमार घुँडाको समस्याबाट पिडीत छन् । सोही कारण नेमारले कोपा अमेरिका खेल्न नसक्ने उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनी साउदी अरेबियाको क्लब अल हिलालबाट ब्यवसायीक फुटबल खेल्छन् ।
गत सेप्टेम्बरदेखि उनी घुँडाको चोटबाट पिडीत रहँदै आएका छन् । ब्राजिलियन टोलीका चिकित्सक रोड्रिगो लसमरका अनुसार, नेमारको चोट पूर्णरुपमा निको हुन अझै नौ महिना लाग्नेछ । ‘उनको चोट पूर्ण रुपमा निको हुन नौ महिना समय लाग्छ । त्योभन्दा अगाडि उनलाई मैदानमा ओरालेर जोखिम मोल्नु उचित हुँदैन,’ लसमरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण सहजीकरणका लागि घुस लिएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्षविरूद्ध तीनवटा भ्रष्टाचार मुद्दा
-
क्लासिक टेकको डिलर पार्टनर बन्ने सुनौलो अवसर – बिना लगानी, फोनमै आम्दानी !
-
लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औं वार्षिक साधारण सभा सम्पन्न, ८.४२१ प्रतिशत लाभांश पारित
-
सुकुमबासी बस्तीमा खानेपानीको माग गर्दै आजपाले बुझायो खानेपानी कार्यालयमा ज्ञापनपत्र
-
प्राध्यापक चलाउनेमाथि भएको आक्रमणसम्बन्धी मुद्दामा सर्वोच्चले मगायो मिसिल कागज