घुँडाको समस्याका कारण नेमारले कोपा अमेरिका खेल्न नसक्ने
बुधबार, ०४ पुस २०८०, १२ : ५४
काठमाडौँ । ब्राजिलियन स्टार नेमारले कोपा अमेरिका फुटबल प्रतियोगिताको आगामी संस्करण खेल्न नसक्ने भएका छन् । कोपा अमेरिकाको आगामी संस्करण जुन २० देखि जुलाई १४ सम्म अमेरिकामा आयोजना हुँदैछ ।
३१ वर्षीय स्ट्राइकर नेमार घुँडाको समस्याबाट पिडीत छन् । सोही कारण नेमारले कोपा अमेरिका खेल्न नसक्ने उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनी साउदी अरेबियाको क्लब अल हिलालबाट ब्यवसायीक फुटबल खेल्छन् ।
गत सेप्टेम्बरदेखि उनी घुँडाको चोटबाट पिडीत रहँदै आएका छन् । ब्राजिलियन टोलीका चिकित्सक रोड्रिगो लसमरका अनुसार, नेमारको चोट पूर्णरुपमा निको हुन अझै नौ महिना लाग्नेछ । ‘उनको चोट पूर्ण रुपमा निको हुन नौ महिना समय लाग्छ । त्योभन्दा अगाडि उनलाई मैदानमा ओरालेर जोखिम मोल्नु उचित हुँदैन,’ लसमरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण