द्रुतमार्ग निर्माणका क्रममा देखिएको खोकनाको विवाद छिटो टुङ्ग्याउन पन्तको माग

काठमाडौँ । सांसद रघुजी पन्तले द्रुतमार्ग निर्माणका क्रममा देखिएको खोकनाको विवाद छिटो टुङ्ग्याउनुपर्ने बताएका छन् । सांसद पन्तले खोकनामा धेरै समस्या देखिएको बताउँदै त्यहाँको बारेमा विकल्प खोज्नुपर्ने हो वा पुरानैमा सहमति गर्ने छिटो टुङ्गोमा पुग्नुपर्ने बताए ।
बुधवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले भने, ‘सुरुको बिन्दुमा खोकनामा धेरै समस्या देखियो भन्नुभएको छ। यही रेखाङ्कन खोकनाको विकल्प हुन सक्दैन ? म त्यहीबाट चुनावमा उठेको, त्यहाँका बासिन्दाको विरोध छ। विकल्प खोज्नुपर्ने हो वा पुरानै त्यसमा छिटो टुङ्गोमा पुगोस् ।’
उनले आयोजनाको पूरक वातावरणीय मूल्याङ्कनको प्रक्रिया कहाँ पुग्यो भन्दै प्रश्न समेत गरे । ‘स्वीकृत भएको एसइआईए प्रतिवेदनबारे के भयो। काम कसले रोक्यो ? यस आर्थिक वर्षमा छुट्टाइएको २२ अर्ब बजेटमध्ये कति खर्च भयो ?’ उनले प्रश्न गरे ।
उनले भारतले विस्फोटक पदार्थको रोकेको कुरा आएको बताउँदै किन रोकिएको हो त्यसबारेमा सेनाले प्रस्ट पार्नुपर्ने बताए । ‘सेनाले आफूलाई चाहिने बारुद र गोलीगठा तयार गर्न सक्दैन। जाबो बाटो बनाउन पनि बारुद आएन भनेर हुन्छ ? ट्र्याक बनाउन भौतिक पूर्वाधार मन्त्रालयले सहयोग गरेको छ कि छैन ? निजगढको विषयमा क्यानको कुरा उठेको छ ? ठेक्का सम्बन्धमा बोलपत्र दाताको प्राविधिक बोलपत्र आशय खोल्दा सार्वजनिक खरिद ऐन अन्तर्गत भएको छ कि छैन ?’ सांसद पन्तले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तालिकाको पहिलो स्थानमा उक्लने लक्ष्यसहित भिड्दै मुम्बई र गुजरात
-
चिकित्सक नहुँदा सर्पदंश उपचार प्रभावित
-
आईपीएलको कीर्तिमानी शतकपछि चर्चामा आएका सूर्यवंशीलाई बिहार छाडेर बंगालबाट खेल्न प्रस्ताव
-
दुर्घटनामा परेका पवनदीपको स्वास्थ्य अवस्था कस्तो छ ?
-
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो
-
एकीकृत समाजवादीको सचिवालय बैठक चम्पादेवीमा