बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पहिले नै सोचेर काम गर्न प्रधानसेनापतिलाई सांसद राईको सुझाव

बुधबार, ०४ पुस २०८०, १५ : १७
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । सांसद राजेन्द्र राईले सेनासँग गम्भीर विषय जोडिएको बताएका छन् । बुधवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।  समितिमा फाष्ट ट्रयाकबारे भएको सवाल जवाफमा बोल्दै उनले भने, ‘आज सेनासँग गम्भीर विषय जोडियो। सेनाको सबैले प्रशंसा गर्नुभएको छ तर काम हेरेरै चाल पाइयो।’ 

उनले यसबारेमा बैठक बसेर निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए । उनले भने, ‘डायरी र कलम मात्र निकालेर हुँदैन। मिटिङ गरेर निष्कर्ष निकाल्नुपर्छ।’ 

सांसद राईले प्रधानसेनापतिले पहिले नै सोचेर काम गर्नुपर्ने सुझाव उनले दिए । उनले भने, ‘प्रधानसेनापतिले पहिल्यै सोच्नुपर्छ। कामको राम्रो रिजल्ट आयो भने तपाईंको प्रसंशा गर्छौ होइन भने तपाईंलाई निर्माण व्यवसायी सँग जोडेर हेर्छन्।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप