चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्रीबीच भेटवार्ता
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेका छन् । चालु वर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशका सरकार तथा संसद् राजनीतिक दल र स्थानीय तहवीच विभिन्न व्यापारिक सहयोग भएको बताएका छन् ।
यस वर्षमा चीन तथा रूसबीचको द्धिपक्षीय व्यापार मात्रा दुई सय अर्ब अमेरिकी डलरको लक्ष्य हासिल गरी दुई देशीय सम्बन्ध लाभकारी, लचिलो तथा व्यापक भएको राष्ट्रपति सीको भनाइ छ । यसै सन्दर्भमा उनले चीन र रूस सम्बन्धलाई कायम राख्दै विकास गर्नु दुबै देशका जनताको हितमा छनोट भएको बताएका छन् ।
चीनले रूसी जनताको रोजाइको विकासको बाटोमा हिड्न सहयोग गरेको बताउदै राष्ट्रपति सीले आगामी बर्ष चीन रूसको कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवलाई नयाँ बिन्दुमा पुर्याउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण