मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्रीबीच भेटवार्ता

बुधबार, ०४ पुस २०८०, १६ : ५५
बुधबार, ०४ पुस २०८०

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा  रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेका छन् । चालु वर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले  दुई देशका सरकार तथा संसद् राजनीतिक दल र स्थानीय तहवीच विभिन्न व्यापारिक सहयोग भएको बताएका छन् ।

यस वर्षमा चीन तथा रूसबीचको द्धिपक्षीय व्यापार मात्रा दुई सय अर्ब अमेरिकी डलरको लक्ष्य हासिल गरी दुई देशीय सम्बन्ध लाभकारी, लचिलो तथा व्यापक भएको राष्ट्रपति सीको भनाइ छ । यसै सन्दर्भमा उनले चीन र रूस सम्बन्धलाई कायम राख्दै विकास गर्नु दुबै देशका जनताको हितमा छनोट भएको बताएका छन् ।

चीनले रूसी जनताको रोजाइको विकासको बाटोमा हिड्न सहयोग गरेको बताउदै राष्ट्रपति सीले आगामी बर्ष चीन रूसको कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवलाई नयाँ बिन्दुमा पुर्याउने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप