विप्लवको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, सरकारको भूमिकाप्रति आशंका

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । केन्द्रीय समिति बैठकलेमा बुधबार प्रतिवेदन सर्वसहमति रूपमा पारित भएको नेता अनिल शर्मा विरहीले जानकारी दिए ।
सोमबारदेखि सुरु भएको बैठकमा महासचिव विप्लवले ८ पृष्ठको ‘विशेष परिस्थितिको विशेष कार्यभार, दृढताका साथ पुरा गरौँ’ भन्ने शीर्षकको प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको उनले जवाफ दिए । जवाफ दिएसँगै प्रतिवेदन पारित गरिएको हो ।
नेकपाको प्रभावलाई रोक्न देशी विदेशी दलाल पुँजीवादी शक्तिहरूले विभिन्न षड्यन्त्र गरिरहेको र त्यसका लागि सशक्त प्रतिरोध गर्ने योजना बनेको विरहीले जानकारी दिए ।
‘नेकपाको बढ्दो प्रभावलाई रोक्न देशी र विदेशी दलाल पुँजीवादी शक्तिहरूले विभिन्न षड्यन्त्र गरेका छन् । त्यसका निम्ति सशक्त प्रतिरोध गर्ने योजना छ’, उनले भने ।
उनका अनुसार बैठकमा विप्लवले सरकारको भूमिकामाथि पनि प्रश्न उठाएका थिए । तत्कालीन सरकार र नेकपाबिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न वर्तमान सरकारले चासो नदिएको उनको आरोप थियो । प्रतिवेदन पारित भएपछि अहिले अन्य एजेन्डाहरूमाथि छलफल भइरहेको विरहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा