विप्लवको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, सरकारको भूमिकाप्रति आशंका
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । केन्द्रीय समिति बैठकलेमा बुधबार प्रतिवेदन सर्वसहमति रूपमा पारित भएको नेता अनिल शर्मा विरहीले जानकारी दिए ।
सोमबारदेखि सुरु भएको बैठकमा महासचिव विप्लवले ८ पृष्ठको ‘विशेष परिस्थितिको विशेष कार्यभार, दृढताका साथ पुरा गरौँ’ भन्ने शीर्षकको प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको उनले जवाफ दिए । जवाफ दिएसँगै प्रतिवेदन पारित गरिएको हो ।
नेकपाको प्रभावलाई रोक्न देशी विदेशी दलाल पुँजीवादी शक्तिहरूले विभिन्न षड्यन्त्र गरिरहेको र त्यसका लागि सशक्त प्रतिरोध गर्ने योजना बनेको विरहीले जानकारी दिए ।
‘नेकपाको बढ्दो प्रभावलाई रोक्न देशी र विदेशी दलाल पुँजीवादी शक्तिहरूले विभिन्न षड्यन्त्र गरेका छन् । त्यसका निम्ति सशक्त प्रतिरोध गर्ने योजना छ’, उनले भने ।
उनका अनुसार बैठकमा विप्लवले सरकारको भूमिकामाथि पनि प्रश्न उठाएका थिए । तत्कालीन सरकार र नेकपाबिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न वर्तमान सरकारले चासो नदिएको उनको आरोप थियो । प्रतिवेदन पारित भएपछि अहिले अन्य एजेन्डाहरूमाथि छलफल भइरहेको विरहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण