सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पमा परेर ज्यान गुमाएका १२९ परिवारलाई दुई लाखका दरले बीमा रकम हस्तान्तरण

बुधबार, ०४ पुस २०८०, १७ : ५०
बुधबार, ०४ पुस २०८०

सुर्खेत । जाजरकोट भूकम्पमा परेर ज्यान गुमाएका १२९ परिवारलाई दुई लाखको दरले बीमा रकम हस्तान्तरण गरिएको छ । राष्ट्रिय बीमा कम्पनी र कर्णाली प्रदेश सरकारले संयुक्त रूपमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।

बीमा कम्पनी र प्रदेश सरकारबिच यस अघिनै प्रदेशका सबै नागरिकको प्राकृतिक प्रकोप बीमा गरिएको थियो । सोही अन्तर्गत भूकम्पमा ज्यान गुमाएकाहरूको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।  

जिल्ला प्रशासन कार्यालयको विवरण र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पठाएको विवरणका आधारमा उक्त रकम हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण कार्यमा स्वयम कानुन मन्त्री कृष्णबहादुर जिसी नै सहभागी बनेका छन् ।

क्रमशः सबैलाई बीमा रकम वितरण गरिने बीमा कम्पनीले बताएको छ । त्यसका लागि कागजात मगाउने कार्य भइरहेको छ । मन्त्री जिसीले बीमा रकमले पीडित परिवारलाई ठुलो राहत भएको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप