बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

राहुल महरासहित ३१ जनासँग सुन तस्करी जाँचबुझ आयोगले गर्‍यो सोधपुछ

बुधबार, ०४ पुस २०८०, २३ : ३५
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले तस्करीमा संलग्न ३१ जनासँग सोधपुछ गरेको छ । पूर्व सभामुख कृष्णबहादुर महराका पुत्र राहुल लगायतका आरोपीहरूसँग आयोगका पदाधिकारीहरूले सोधपुछ गरेका हुन् ।

अहिलेसम्म ३१ जनासँग सोधपुछ गरिएको जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले रातोपाटीलाई बताए । सिंहदरबारस्थित आयोगको कार्यालयमा ६० किलो सुन तस्करीमा संलग्न आरोपीहरू र विद्युतीय चुरोट ‘भेप’ मार्फत गरिएको सुन तस्करीमा संलग्न आरोपीहरूको बयान लिइएको हो ।

मुद्दा पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा रहेकाहरूलाई आयोगका पदाधिकारीहरूले बोलाएर बयान लिएका हुन् । थुनामा रहेका २० जना नेपाली नागरिक, चिनियाँ नागरिक ९ जना र अदालतले तारेखमा रिहा गरेका २ जना सोधपुछ गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

आयोगले पुस १५ भित्र सुन तस्करीको कारण, नियन्त्रणका उपाय र कानुनमा गर्नुपर्ने संशोधनबारे सुझाव सहितका प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप