राहुल महरासहित ३१ जनासँग सुन तस्करी जाँचबुझ आयोगले गर्यो सोधपुछ
काठमाडौँ । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले तस्करीमा संलग्न ३१ जनासँग सोधपुछ गरेको छ । पूर्व सभामुख कृष्णबहादुर महराका पुत्र राहुल लगायतका आरोपीहरूसँग आयोगका पदाधिकारीहरूले सोधपुछ गरेका हुन् ।
अहिलेसम्म ३१ जनासँग सोधपुछ गरिएको जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले रातोपाटीलाई बताए । सिंहदरबारस्थित आयोगको कार्यालयमा ६० किलो सुन तस्करीमा संलग्न आरोपीहरू र विद्युतीय चुरोट ‘भेप’ मार्फत गरिएको सुन तस्करीमा संलग्न आरोपीहरूको बयान लिइएको हो ।
मुद्दा पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा रहेकाहरूलाई आयोगका पदाधिकारीहरूले बोलाएर बयान लिएका हुन् । थुनामा रहेका २० जना नेपाली नागरिक, चिनियाँ नागरिक ९ जना र अदालतले तारेखमा रिहा गरेका २ जना सोधपुछ गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।
आयोगले पुस १५ भित्र सुन तस्करीको कारण, नियन्त्रणका उपाय र कानुनमा गर्नुपर्ने संशोधनबारे सुझाव सहितका प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण