सुन तस्करी जाँचबुझ आयोगको समयावधि अब १० दिन बाँकी
बुधबार, ०४ पुस २०८०, २१ : ४९
काठमाडौँ । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगको समय सीमा अन्तिम चरणमा पुगेको छ । असोज १४ मा मन्त्रिपरिषद्ले डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो ।
ब्रेक प्याड र इलेक्ट्रिक सिगरेट ‘भेप’मा सुन राखेर हङकङ र दुबईबाट काठमाडौँमा सुन तस्करीबारे जाँचबुझ गर्न सरकारले आयोगलाई ३ महिनाको समय सीमा तोकेको थियो । पुस १५ मा समितिको म्याद सकिँदै छ । विदाको दिन बाहेक समितिसँग अब ७ कार्य दिन बाँकी छ ।
समय सीमा भित्र नै प्रतिवेदन तयार गर्ने गरी काम भइरहेको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले रातोपाटीलाई बताए । उनले भने– ‘हामी समयमै जाँचबुझ प्रतिवेदन बुझाउने गरी काम गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण