सुन तस्करी जाँचबुझ आयोगको समयावधि अब १० दिन बाँकी
बुधबार, ०४ पुस २०८०, २१ : ४९

काठमाडौँ । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगको समय सीमा अन्तिम चरणमा पुगेको छ । असोज १४ मा मन्त्रिपरिषद्ले डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो ।
ब्रेक प्याड र इलेक्ट्रिक सिगरेट ‘भेप’मा सुन राखेर हङकङ र दुबईबाट काठमाडौँमा सुन तस्करीबारे जाँचबुझ गर्न सरकारले आयोगलाई ३ महिनाको समय सीमा तोकेको थियो । पुस १५ मा समितिको म्याद सकिँदै छ । विदाको दिन बाहेक समितिसँग अब ७ कार्य दिन बाँकी छ ।
समय सीमा भित्र नै प्रतिवेदन तयार गर्ने गरी काम भइरहेको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले रातोपाटीलाई बताए । उनले भने– ‘हामी समयमै जाँचबुझ प्रतिवेदन बुझाउने गरी काम गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने