प्रधानमन्त्री कप महिला क्रिकेट : बागमतीलाई हराउन मधेश प्रदेशले ११८ रन बनाउनु पर्ने
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन भएको खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई जितका लागि एक सय १८ रनको लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १७ रन बनायो । बागतमी प्रदेशका लागि मध्यक्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । पाँचौँ नम्बरका क्रिज समाल्न आएकी यशोदा बिष्टले अविजित ४७ रन बनाइन् ।
यशोदाले केवल ३९ बलको सामना गरी ६ वटा चौका पनि हिर्काइन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएकी अस्मिना कर्माचार्यले पनि टोलीका लागि ३० रनको योगदान गरिन् । कप्तानको भूमिकामा समेत रहेकी उनले ३१ बलमा तीन चौका प्रहार गरिन् ।
बागमती प्रदेशले केवल ४५ रनको कुल स्कोरमा चार विकेट गुमाएको थियो । त्यसपछि यशोदा र अस्मिनाले नै बागमतीको पाली समालेका थिए । ओपनर हेलिसा गुरुङले १२ रन बनाइन् । अर्की ओपनर कञ्चन श्रेष्ठ आठ रनमै आउट भइन् ।
अस्मिता खरेलले खातासम्म खोल्न सकिनन् भने सोनी पाख्रिन तीन रनमै पेभेलियन फर्किएकी थिइन् । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि १७ रन पाएको थियो । मधेश प्रदेशका लागि पूजा महतोले दुई र कविता गौतमले एक विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण