आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीको विधान सम्मेलन फागुनमा, पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन

बिहीबार, ०५ पुस २०८०, २२ : ३३
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । नेकपा  माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकले विधान मस्यौदा समिति गठन गरेको छ । सचिव गणेश शाहका अनुसार उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा बनेको समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की सदस्य रहेका छन् ।

बैठकले  माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको शाहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप