आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी पदाधिकारी बैठक

विधान मस्यौदा समितिलाई १५ दिनको समय, एक महिना छलफलमा लैजाने

बिहीबार, ०५ पुस २०८०, २० : ००
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विधान अधिवेशनका लागि गठन गरेको विधान मस्यौदा समितिलाई १५ दिनको समय दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको पदाधिकारी बैठकले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा ७ सदस्य मस्यौदा समिति गठन गरेको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की सदस्य रहेका छन् ।

बैठकले १५ दिनमा मस्यौदा बुझाउन समय सीमा दिएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनकाअनुसार पुस १६ गते चार महिने रूपान्तरण अभियान समापन गर्ने निर्णय गरेको छ । सातै प्रदेशबाट रिपोर्ट आएपछि फेरि पदाधिकारी बैठक बसेर समीक्षा गर्ने निर्णय भएको पौडेलले जानकारी दिए । पदाधिकारी बैठक लगत्तै स्थायी समिति बैठकले मस्यौदा परिमार्जन गर्ने बैठकले योजना बनाएको छ ।

‘विधान मस्यौदा समितिलाई १५ दिनको समय दिएको छ ।  १६ गते सातै प्रदेशबाट अभियानको रिपोर्ट आइसक्छ । त्यसलगत्तै पदाधिकारी बैठकले समीक्षा गर्छ । त्यसैले अहिले केही निर्णय भएन’, पौडेलले भने, ‘मस्यौदा अनुमोदनका लागि पुसको अन्तिम साता स्थायी समिति बोलाउने निर्णय भएको छ । परिमार्जनसहित मस्यौदा अनुमोदन भएपछि माघ एक महिना विधान मस्यौदा छलफल अभियान चलाउने छौँ । तलबाट आएको सुझावलाई समेटेर मस्यौदालाई अनुमोदन गर्छौँ । विधान अधिवेशनअघि केन्द्रीय समिति बैठक बस्नेछ । फागुनको पहिलो साता विधान अधिवेशन सकेर हामी विशेष महाविधेनको तयारीमा लाग्छौँ ।’

साउनको तेस्रो साता सकिएको माओवादी केन्द्रीय समिति बैठकले मङ्सिरमा विधान अधिवेशन बोलाउने र यस वर्षको अन्त्यतिर विशेष अधिवेशन गर्ने निर्णय गरेको थियो । तर अभियानको समय एक महिना लम्बिएपछि फागुनमा सारेको हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप