विधान मस्यौदा समितिलाई १५ दिनको समय, एक महिना छलफलमा लैजाने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले विधान अधिवेशनका लागि गठन गरेको विधान मस्यौदा समितिलाई १५ दिनको समय दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको पदाधिकारी बैठकले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा ७ सदस्य मस्यौदा समिति गठन गरेको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की सदस्य रहेका छन् ।
बैठकले १५ दिनमा मस्यौदा बुझाउन समय सीमा दिएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनकाअनुसार पुस १६ गते चार महिने रूपान्तरण अभियान समापन गर्ने निर्णय गरेको छ । सातै प्रदेशबाट रिपोर्ट आएपछि फेरि पदाधिकारी बैठक बसेर समीक्षा गर्ने निर्णय भएको पौडेलले जानकारी दिए । पदाधिकारी बैठक लगत्तै स्थायी समिति बैठकले मस्यौदा परिमार्जन गर्ने बैठकले योजना बनाएको छ ।
‘विधान मस्यौदा समितिलाई १५ दिनको समय दिएको छ । १६ गते सातै प्रदेशबाट अभियानको रिपोर्ट आइसक्छ । त्यसलगत्तै पदाधिकारी बैठकले समीक्षा गर्छ । त्यसैले अहिले केही निर्णय भएन’, पौडेलले भने, ‘मस्यौदा अनुमोदनका लागि पुसको अन्तिम साता स्थायी समिति बोलाउने निर्णय भएको छ । परिमार्जनसहित मस्यौदा अनुमोदन भएपछि माघ एक महिना विधान मस्यौदा छलफल अभियान चलाउने छौँ । तलबाट आएको सुझावलाई समेटेर मस्यौदालाई अनुमोदन गर्छौँ । विधान अधिवेशनअघि केन्द्रीय समिति बैठक बस्नेछ । फागुनको पहिलो साता विधान अधिवेशन सकेर हामी विशेष महाविधेनको तयारीमा लाग्छौँ ।’
साउनको तेस्रो साता सकिएको माओवादी केन्द्रीय समिति बैठकले मङ्सिरमा विधान अधिवेशन बोलाउने र यस वर्षको अन्त्यतिर विशेष अधिवेशन गर्ने निर्णय गरेको थियो । तर अभियानको समय एक महिना लम्बिएपछि फागुनमा सारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण