बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

गरिमा विकास बैंकले बोनस सेयर र नगद लाभांश वितरण गर्ने

बिहीबार, ०५ पुस २०८०, १३ : १४
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको २९७ औँ बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट सेयर धनीहरुलाई बोनस सेयर र नगद लाभांश दिन प्रस्ताव गरेको छ । बैठकले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात् सेयर धनीहरुलाई वितरण गरिने छ । हाल विकास बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ १४ पैसा मात्र रहेकोमा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात् रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा पुग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप