गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आन्दोलन स्थगित
बिहीबार, ०५ पुस २०८०, १९ : ११
बुटवल । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै दुई सातादेखिको आन्दोलन स्थगित भएको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीको अगुवाइमा मङ्सिर २२ गतेदेखि आन्दोलन भएको थियो ।
विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न सरकार उदासीन रहेको भन्दै सरकारलाई दबाब सिर्जना गर्न आन्दोलन गरिएको हो ।
सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले काठमाडौँ भएको छलफलमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटोभन्दा छिटो नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सरोकारवाला निकायबाट प्रतिबद्धता आएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण