गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आन्दोलन स्थगित
बिहीबार, ०५ पुस २०८०, १९ : ११

बुटवल । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै दुई सातादेखिको आन्दोलन स्थगित भएको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीको अगुवाइमा मङ्सिर २२ गतेदेखि आन्दोलन भएको थियो ।
विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न सरकार उदासीन रहेको भन्दै सरकारलाई दबाब सिर्जना गर्न आन्दोलन गरिएको हो ।
सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले काठमाडौँ भएको छलफलमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटोभन्दा छिटो नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सरोकारवाला निकायबाट प्रतिबद्धता आएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगको फाइनल हेर्न जब यी दुई युवा २७ घण्टा बाथरुममा लुके !
-
महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा
-
अन्नपूर्ण चर्चित भयो तर गुमनाम छ हार्जोग हिँडेको बाटो
-
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु
-
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
-
माधव नेपालको बदनियत देखाउन यस्ता छन् अख्तियारले लिएका आधार