एड्भिका ट्राभल्सका संचालकसहित थप दुई जना पक्राउ
काठमाडौँ । ‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बौद्धस्थित एड्भिका टुर्स एण्ड ट्राभल्सका संचालक बुद्ध लामा र हुम्ला घर भएका २६ वर्षीय कमलराज हमाल छन् ।
३२ वर्षीय बुद्ध लामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० का स्थानीय हुन् । उनलाई मंसिर ३० मा बल्खुबाट र हमाललाई पुस २ मा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनीहरुलाई कानुनी कारवाहीका लागी प्रहरी वृत्त गौशालामा राखिएको छ ।
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा पक्राउ पर्नेहरुको संख्या ३६ पुगेको छ । पक्राउ पर्नेमा अध्यागमन र नेपाल वायुसेवा निगमका अधिकृतहरु पनि छन् । असोज १७ बाट प्रहरीले २४६ थान शंकास्पद पासपोर्ट संकलन गरेर त्यसबारे अनुसन्धान गरिरहेको छ ।
एजेन्ट, कन्सल्टेन्सी र ट्राभल एजेन्सीहरुले नक्कली कागजात बनाएर एयरलाइन्सलाई १५ हजारसम्म र अध्यागमनका कर्मचारीलाई ५५ हजारसम्म घुस दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण