शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापाको पार्टीको उपाध्यक्ष बने शाह

शुक्रबार, ०६ पुस २०८०, १३ : ३५
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वसांसद गोविन्द विक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनीत गरेका छन् ।  पार्टीको विधान बमोजिम  थापाले साहलाई उपाध्यक्षमा मनोनीत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी गराए । 

शाहको  मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै अध्यक्ष  थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गरिसकेको उनको भनाइ छ । 

शाह केही दिन अघि एमाले प्रवेश गरेर राप्रपा नेपाल प्रवेश गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप