गणतन्त्र दिवसको प्रमुख अतिथिका लागि भारतले दियो फ्रान्सका राष्ट्रपतिलाई निमन्त्रणा
नयाँदिल्ली । भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा फ्रान्सका राष्ट्रपतिलाई निमन्त्रणा गरिएको छ ।फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई सन् २०२४ को जनवरी २६ मा भारतको गणतन्त्र दिवस समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको स्रोतहरूले जनाएका छन् ।
नयाँदिल्लीमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा फ्रान्सको नेतृत्वको प्रमुख आतिथ्यताको यो छैठौं अवसर हुनेछ । म्याक्रोँभन्दा पहिले फ्रान्सका पूर्वप्रधानमन्त्री ज्याक शिराक सन् १९७६ र १९९८ मा भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि भएका थिए भने सन् १९८०, २००८ र २०१६ मा पूर्वराष्ट्रपति भ्यालेरी गिस्कार्ड डी’एस्टाइङ, निकोलस सार्कोजी र फ्रान्कोइस ओलान्द मुख्य अतिथि भएका थिए । गत बर्ष उक्त समारोहको प्रमुख आतिथ्यता दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले गरेका थिए ।
भारत र फ्रान्सले रक्षा, अन्तरिक्ष, असैनिक आणविक, व्यापार, लगानी, शिक्षा, संस्कृति र जनता–जनताबीचको सम्बन्धलगायत विभिन्न क्षेत्रमा घनिष्ट सहयोग गरिरहेका छन् ।
सन् १९५० मा भारतले ब्रिटिश साम्राज्यसँगको सम्बन्ध भङ्ग गरेको थियो । उक्त दिन भारतमा संविधान लागु भएको थियो र त्यसै दिनदेखि भारत एउटा सार्वभौम गणतन्त्र बनेको थियो । देशको सैन्य शक्ति, प्राविधिक विकास र सांस्कृतिक विविधता झल्काउने दिनका रूपमा भारतले गणतन्त्र दिवस मनाउँछ ।
गणतन्त्र भारतका पहिला राष्ट्रपति राजेन्द्र प्रसादले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए । यद्यपि भारतले धेरै बहसपछि कमनवेल्थ अफ नेशन्समा सहभागी हुने निर्णय गरेको थियो ।
बेलायती साम्राज्यवादी शक्तिद्वारा प्रदर्शन गरिएका भव्य स्वागत कार्यक्रम र उत्सवहरूबाट प्रेरणा लिएर परेड सुरु गरिएको हो । बेलायतीहरूले गर्ने त्यस्ता प्रदर्शनबारे भारतीयहरू पहिले नै परिचित थिए । भारतको क्षमताबारे बाँकी विश्वलाई सन्देश पठाउने लक्ष्यसमेत परेडले राखेको छ ।
सन् १९५० मा इन्डोनेशियाका राष्ट्रपति सुकार्नोबाट सुरु गरेर भारतले परेडमा सधैँ एक विदेशी विशिष्ट व्यक्तिलाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गर्न थालेको थियो । प्रमुख अतिथिहरूको सूचीले देशको वर्षौंदेखिको कूटनीतिक सम्बन्धलाई पनि झल्काउँछ ।-(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण