जसपाको मधेस प्रदेश कमिटी पुनर्गठन गर्ने जिम्मा उपेन्द्र यादवलाई
काठमाडौँ । जनता समाजवादी पार्टी मधेस प्रदेश कमिटी पुनर्गठन हुने भएको छ । जसपाको मधेस प्रदेश कमिटीमा देखिएको आन्तरिक विवादका कारण प्रदेश कमिटी नै विघटन गर्नुपर्ने कुरा उठ्दै आएको थियो । जितेन्द्र यादव, इसुफ खान, रामपृत पासमानलगायतले प्रदेश कमिटी विघटन गरेर पुनः अर्को गठन गर्नुपर्ने माग गर्दै आएका छन् ।
मधेस प्रदेश कमिटीका अध्यक्ष रामबाबु यादव अध्यक्ष बनेपछि मधेस प्रदेशमा पार्टी कमजोर भएको, पार्टीभित्र पनि विभिन्न विवादहरू सृजना भएको, पार्टी चेन अफ कमान्डमा नचलेको जस्ता गुनासो भइरहेको थियो । रामबाबु यादव अध्यक्ष भएपछि एउटा पनि बैठक बसाउन सकेका छैनन् ।
हरेक बैठकमा उनले जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई उपस्थित गराएर बैठक सञ्चालन गर्थे । पार्टीमा विवाद बढ्दै गएपछि कमिटीको बैठक बोलाएर त्यस विषयमा छलफल भएकामा कमिटीलाई नै पुनर्गठन गर्ने निर्णय भएको । सो पुनर्गठन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । ५१ सदस्य प्रदेश कमिटी गठन हुने जसपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण