पाकिस्तान : पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीको चुनाव चिन्ह खारेज
काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीलाई ठुलो झट्का लागेको छ । निर्वाचन आयोगले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) बाट ब्याट चिन्ह फिर्ता लिएको छ । पार्टीभित्र निर्वाचन हुन नसकेको भन्दै निर्वाचन आयोगले यस्तो कारबाही गरेको हो ।
यसअघि पेशावर उच्च अदालतले बिहीबार निर्वाचन आयोगलाई पीटीआईको अन्तर दलीय निर्वाचन र निर्वाचन चिन्हका विषयमा कानुनबमोजिम निर्णय गर्न निर्देशन दिएको थियो । निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाको अध्यक्षतामा पाँच सदस्यीय बेन्चले जुनमा भएको पीटीआईको अन्तर–दलीय निर्वाचनलाई अमान्य घोषित पनि गरेको छ ।
पीटीआईले जुन २०२२ मा अन्तर–पार्टी (अधिवेशन) चुनाव गराएको थियो । जसमा ब्यारिस्टर गौहर अली सहजै पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका थिए । तर, निर्वाचन आयोगले ती निर्वाचनलाई अवैध घोषणा गर्दै २० दिनभित्र पुनः निर्वाचन गराउन निर्देशन दिएको थियो ।
पीटीआई अध्यक्ष गौहरले व्यक्तिगत प्रतिशोधमा आधारित राजनीतिक निर्णय भएको बताएका छन् । बदला लिने र पार्टीका उम्मेदवार र मतदातालाई भ्रममा पार्न आयोग नै लागेको बताए । निर्णयपछि अब पार्टीका उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्नु पर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !
-
नेपालले लगातार गुमायो छैटौँ र सातौँ विकेट, जितबाट टाढिँदै
-
विश्व श्रमिक दिवस : कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’
-
श्रमको माग र पूर्तिको बेमेललाई न्युनीकरण गर्न आवश्यक : अध्यक्ष अग्रवाल
-
बढ्यो अत्यधिक गर्मी, बिहान ११ देखि दिउँसो ३ बजेको बिचमा बाहिर नसिक्न चिकित्सकको सुझाव
-
पाँचौँ विकेटका रुपमा पेभेलियन फर्किए कुशल मल्ल