सातामा प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रवारको तुलनामा यो साताको शुक्रवार तोलामा ७०० रुपैयाँको वृद्धि आएको हो ।
महासङ्घका अनुसार गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ कायम थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ थियो ।
जुन, यो साताको शुक्रवारसम्ममा १ लाख १९ हजार ८०० रुपैयाँ कायम भएर कारोबार बन्द भएको हो । यस्तै, हिजो शुक्रवारसम्ममा तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार २५० रुपैयाँ कायम भएको छ ।
यस्तै, यो साता चाँदीको मूल्यमा समेत तोलामा १५ रुपैयाँको वृद्धि आएको छ । महासङ्घका अनुसार गत साताको शुक्रवार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ थियो । जुन, यो साताको शुक्रवार १४ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सञ्चालनका विषयमा कांग्रेस र एमालेबिच समस्या छैन : गृहमन्त्री
-
किर्ते कागजात बनाउने कारखानामा छापा मार्दा यस्तो भेटियो, तस्बिरहरू
-
सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति
-
लोकप्रियतावादबाट अगाडि बढ्न जरुरी छ : महत
-
संसद् भवनलाई समयमै सम्पन्न गर्ने विषयलाई ठेकेदारले हल्का रूपमा लिए : उपप्रधानमन्त्री सिंह
-
भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने