सातामा प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रवारको तुलनामा यो साताको शुक्रवार तोलामा ७०० रुपैयाँको वृद्धि आएको हो ।
महासङ्घका अनुसार गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ कायम थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ थियो ।
जुन, यो साताको शुक्रवारसम्ममा १ लाख १९ हजार ८०० रुपैयाँ कायम भएर कारोबार बन्द भएको हो । यस्तै, हिजो शुक्रवारसम्ममा तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार २५० रुपैयाँ कायम भएको छ ।
यस्तै, यो साता चाँदीको मूल्यमा समेत तोलामा १५ रुपैयाँको वृद्धि आएको छ । महासङ्घका अनुसार गत साताको शुक्रवार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ थियो । जुन, यो साताको शुक्रवार १४ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण