औरही गाउँपालिकामा खाद्य बैंक स्थापना
सिरहा। सिरहाको औरही गाउँपालिकामा सामुदायिक खाद्य बैंकको स्थापना भएको छ । आसमा नेपालले सो बैंक स्थापना गरेको हो । चार कोठे भवनामा स्थापना भएको सो खाद्य बैंकमा गहुँ, चामल, दाललगायत खाद्यान्न राखिनेछ र कुनै विपद आइपरेको बेला त्यसलाई वितरण गर्ने औरही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख डा.उपेन्द्र यादवले बताए ।
खाद्य बैंकमा चामल, गहुँलगायतका अन्न राख्ने कार्य सुरु भएको छ । आसमा नेपालले हिजो पच्चास बोरा चामल सो बैंकमा राखेको छ । गाउँका अन्य दाताले पनि अन्न राखेका छन् । शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, औरही वडा नम्बर ५ का वडा अध्यक्ष रामपृत यादव, सिरहा स्वास्थ्य कार्यालयका प्रमुखलगायतले त्यसको निरीक्षण गरेका थिए ।
स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादवकाअनुसार यो बैंकबाट बाढी, आगलागीलगायत अन्य विपदीको अवस्थामा पीडितलाई खाद्यान्न वितरण गरिनेछ । त्यसबाहेक त्यसको अवस्था हेरेर आवश्यकताअनुसार असाह्य गरिब र निमुखालाई पनि खाद्य वितरण गरिनेछ ।
यो अभियानको उद्देश्य खान नपाएर कोही पनि नमरोस् भन्ने रहेको बताइएको छ । यसको सञ्चालन तथा व्यवस्थापनाका लागि मापदण्ड तयार हुन बाँकी छ । आसमा नेपालले हस्तान्तरण गरिसकेपछि गाउँपालिकाले यसको व्यवस्थापना तथा सञ्चालनका लागि मापदण्डहरु तयार गर्ने उनले बताए । पुस १३ गते हस्तान्तरण कार्यक्रम राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण