कहीँकतै गलत र बदमासी भए चुप लागेर बस्दिनँ : प्रधानन्यायाधीश श्रेष्ठ
ललितपुर । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले निकट भविष्यमै अधिवक्ताको ल फर्मबाटै मुद्दा र रिट निवेदन दर्ता गर्ने दिन आउने बताएका छन् । आइतबार उच्च अदालत पाटनमा स्वचालित पेशीको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले अबको काम अनलाइन रजिस्ट्रेसनबाटै सुरु गर्ने बताएका हुन् ।
‘निकट भविष्यमा नै अधिवक्ताको ल फर्मबाटै मुद्दा, रिट, निवेदन दर्ता गर्ने दिन आउँछ भन्ने विश्वास छ, म त्यसका लागि लागिरहेको छु’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘अब तारेख लिन पनि अनलाइनबाटै हुन्छ कि भनेर अध्ययन गरिरहेको छु । सायद त्यो पनि सम्भव छ ।’
उनले भारतमा संवैधानिक इजलासको प्रत्यक्ष प्रसारण पनि हुने गरेको भन्दै आफूले पनि त्यहीँ बारेमा सोचिरहेको बताए ।
‘यसलाई खुल्ला राख्दा ठिक होला कि भनेर छलफल सुरु गरेको छु । कम्तीमा संवैधानिक इजलासमा त्यसो गर्न सकिन्छ कि भनेर सोचिरहेको छु’, उनले भने, ‘अस्ति म भारत जाँदा र त्यहाँको प्रधानन्यायाधीशसँग पनि बेन्च सेयर गरेँ, त्यहाँ पनि प्रत्यक्ष प्रसारण हुने रहेछ ।’
उनले उच्च अदालतका न्यायाधीशहरुलाई आफ्नो क्षेत्रका जिल्लामा कसरी काम भइरहेको छ भनेर अनुगमन गर्न र चुस्त सेवाका लाग काम गर्नुपर्ने बताए । ‘कहीँ कतै गलत र बदमासी भए म चुप लागेर बस्ने छैन, सहने छैन म निर्मम हुन्छु’, प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण