सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

कहीँकतै गलत र बदमासी भए चुप लागेर बस्दिनँ : प्रधानन्यायाधीश श्रेष्ठ

आइतबार, ०८ पुस २०८०, १२ : ०७
आइतबार, ०८ पुस २०८०

ललितपुर । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले निकट भविष्यमै अधिवक्ताको ल फर्मबाटै मुद्दा र रिट निवेदन दर्ता गर्ने दिन आउने बताएका छन् । आइतबार उच्च अदालत पाटनमा स्वचालित पेशीको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले अबको काम अनलाइन रजिस्ट्रेसनबाटै सुरु गर्ने बताएका हुन् ।

‘निकट भविष्यमा नै अधिवक्ताको ल फर्मबाटै मुद्दा, रिट, निवेदन दर्ता गर्ने दिन आउँछ भन्ने विश्वास छ, म त्यसका लागि लागिरहेको छु’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘अब तारेख लिन पनि अनलाइनबाटै हुन्छ कि भनेर अध्ययन गरिरहेको छु । सायद त्यो पनि सम्भव छ ।’

उनले भारतमा संवैधानिक इजलासको प्रत्यक्ष प्रसारण पनि हुने गरेको भन्दै आफूले पनि त्यहीँ बारेमा सोचिरहेको बताए ।

‘यसलाई खुल्ला राख्दा ठिक होला कि भनेर छलफल सुरु गरेको छु । कम्तीमा संवैधानिक इजलासमा त्यसो गर्न सकिन्छ कि भनेर सोचिरहेको छु’, उनले भने, ‘अस्ति म भारत जाँदा र त्यहाँको प्रधानन्यायाधीशसँग पनि बेन्च सेयर गरेँ, त्यहाँ पनि प्रत्यक्ष प्रसारण हुने रहेछ ।’

उनले उच्च अदालतका न्यायाधीशहरुलाई आफ्नो क्षेत्रका जिल्लामा कसरी काम भइरहेको छ भनेर अनुगमन गर्न र चुस्त सेवाका लाग काम गर्नुपर्ने बताए । ‘कहीँ कतै गलत र बदमासी भए म चुप लागेर बस्ने छैन, सहने छैन म निर्मम हुन्छु’, प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप