आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
न्यायालय

सर्वोच्चका मुख्य रजिस्ट्रार कुँवर र रजिष्ट्रार पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस

आइतबार, ०८ पुस २०८०, १५ : ००
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । न्यायपरिषद्ले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल (भट्टराई) लाई क्रमशः उच्च अदालत पाटन र पोखराको न्यायाधीशमा सिफारिस गरेको छ । 

त्यस्तै न्यायपरिषद्ले उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश चन्द्र बहादुर सारुलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा सरुवा गरेको छ ।

न्यापरिषद्ले राजश्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश टङ्क प्रसाद गुरुङलाई तोक्ने परामर्श दिएको छ ।

nayaparisad

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप