शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

नेप्सेमा खराब सुरुवात : सूचक २१ अंकले घट्यो, झण्डै ७ अर्ब बढीको कारोबार

आइतबार, ०८ पुस २०८०, १५ : २६
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । यो साता सेयर बजार परिसूचक नेप्सेले खराब सुरुवात गरेको छ । अघिल्लो हप्ता लगातार बढेर ११४ अंकमाथिले वृद्धि भएको नेप्से सूचकमा यो साताको पहिलो कारोबार दिन नै २१ अंकको गिरावट आएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २१.०३ अंकले घट्दै २०८८.०७ अंकमा झर्न पुगेको छ । यसैगरी क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ५.२९ अंकले घटेर ३९१.३३ अंकमा झरेको नेप्सेले जनाएको छ । 

तर, आज यता कारोबारमा भने तीव्र्रता आएको छ । २१ अंकले नेप्से घटेको यस दिन ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ८९ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ । 

आज हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा र अन्य सूचक समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स,  म्यचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् । 

आज पनि बोटलर्स नेपाल (बालाजु) लि.सहित ५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ज्योति विकास बैंक बोन्ड २०८७ र नेपाल रिपब्लिका मिडियाको सेयर मूल्य समान १० प्रतिशतले घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप