निगमले फेरि भन्यो– एलपी ग्यासको मूल्य १८९५, बढीमा बिक्री गरे कारबाही हुन्छ
आइतबार, ०८ पुस २०८०, १६ : ३१
काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यासको बिक्री मूल्य १८९५ रुपैयाँ प्रतिसिलिन्डर तोकिएको जानकारी दिएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पछिल्लो मूल्यसूची अनुसार ग्यासको बिक्री मूल्य १८९५ रुपैयाँ तोकिएको जानकारी दिएको हो ।
तर, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको समाचार आइरहेको निगमले जनाएको छ । यदि, बिक्रेताहरुले तोकिएको मूल्यभन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत निगमले दिएको छ ।
निगमले भनेको छ, ‘ढुवानी लागत समेत जोडेर ग्यासको लागत मूल्य तोकिएको हुन्छ । ग्यास उद्योगभन्दा ५० किलोमिटर वरपर सोही मूल्य लागु हुन्छ ।’ उद्योगको आसपास समेत तोकिएको मूल्यभन्दा बढी मूल्यमा ग्यास बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी निगमले दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण