बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

निगमले फेरि भन्यो– एलपी ग्यासको मूल्य १८९५, बढीमा बिक्री गरे कारबाही हुन्छ

आइतबार, ०८ पुस २०८०, १६ : ३१
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यासको बिक्री मूल्य १८९५ रुपैयाँ प्रतिसिलिन्डर तोकिएको जानकारी दिएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पछिल्लो मूल्यसूची अनुसार ग्यासको बिक्री मूल्य १८९५ रुपैयाँ तोकिएको जानकारी दिएको हो ।

तर, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको समाचार आइरहेको निगमले जनाएको छ । यदि, बिक्रेताहरुले तोकिएको मूल्यभन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत निगमले दिएको छ ।

निगमले भनेको छ, ‘ढुवानी लागत समेत जोडेर ग्यासको लागत मूल्य तोकिएको हुन्छ । ग्यास उद्योगभन्दा ५० किलोमिटर वरपर सोही मूल्य लागु हुन्छ ।’ उद्योगको आसपास समेत तोकिएको मूल्यभन्दा बढी मूल्यमा ग्यास बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी निगमले दिएको हो ।

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप