नेपालमा पहिलो पटक उमेर समूहको खो खो प्रतियोगिता हुने
काठमाडौँ । नेपाल खो खो संघले पहिलो पटक उमेर समूहको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । अध्यक्ष प्रदिप महर्जनको अध्यक्षतामा बसेको संघको बैठकले नेपालमा पहिलोपटक उमेर समूहको प्रतियोगिता आयोजना गर्ने निर्णय लिएको हो ।
नेपालमा खो खो संघको स्थाना भएदेखि नै सिनियरहरुको मात्र प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष उमेर समूहअन्तर्गत यू–२१ महिला तथा पुरुष राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ ।
उक्त प्रतियोगिता आगामी चैतको दोस्रो साता सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरिने संघले जनाएको छ । युवाहरुलाई खो खो खेलप्रति आकर्षित गर्ने उद्देश्यले उमेर समूहको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी संघका महासचिव शंकर महर्जनले दिए । संघका कोषाध्यक्ष कृष्ण पनेरुले प्रतियोगिता आयोजना गर्न २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण