न्याय क्षेत्रमा कम्तीमा १ प्रतिशत बजेट छुट्याइनुपर्छ : अध्यक्ष घिमिरे
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे कम्तीमा १ प्रतिशत बजेट न्याय क्षेत्रमा छुट्याइदिन सरकारसँग आग्रह गरेका छन् । आइतबार महान्यायाधिवक्ता कार्यालयको ७३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले सो आग्रह गरेका हुन् ।
उनले भने, ‘कम्तीमा १ प्रतिशत बजेट न्याय क्षेत्रमा छुट्याइदिनोस् । वकिलहरूको अवस्था खराब छ ।’ अध्यक्ष घिमिरेले पछिल्लो समय फौजदारी न्याय मर्यो भन्ने धेरै सुनिएको बताउँदै निर्दोषले सजाय पाउन नहुने र दोषी उम्कन नहुनेमा जोड दिए ।
उनले भने, ‘सानातिना मुद्दाका पनि अभियोजन गरेर दुःख दिने गरिएको छ, फौजदारी न्याय मर्यो भन्ने धेरै सुनिन्छ, निर्दोषले सजाय नपाउन्, दोषी नउम्किउन् ।’
घिमिरेले न्यायालयमा न्यायाधीश लैजाँदा जजेज कोर्ष गराएर मात्रै लैजानुपर्नेमा जोड दिए । न्यायाधीश सिफारिस र नियुक्ति गर्दा सबैको अधिकार हो भन्ने कुरामा समेत ध्यान दिन उनले सम्बन्धित पक्षलाई आग्रह गरे । उनले भने, ‘वकिलबाट न्यायाधीश बनाउने कुरा गिफ्ट होइन, हक हो ।’
उनले अब कर नतिर्ने वकिलको लाइसेन्स रिन्यु नहुने समेत बताए । घिमिरिले भने, ‘यस वर्ष कानुन व्यवसायीले १ अर्ब कर तिरिसकेका छन् । अब कर नतिर्ने वकिलको लाइसेन्स रिन्यु हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण