मुलुकले कृष्णप्रसाद भट्टराई जस्तो असल अभिभावक खोजिरहेको छ : कोइराला
मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकलाई कृष्णप्रसाद भट्टराई जस्तो सादगी, इमान्दार र निष्ठावान् नेता आवश्यक रहेको बताएका छन् । कांग्रेसका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको ९९ जन्मजयन्तीका अवसरमा नेकां मोरङद्वारा आज विराटनगरमा आयोजित विचार गोष्ठीमा उनले मुलुकमा देखिरहेको सङ्कट समाधान र समृद्धिका लागि नेता भट्टराईजस्तो असल अभिभावक खोजिरहेको विचार व्यक्त गरेका हुन् ।
नेता डा.कोइरालाले भ्रष्टाचारलाई शून्य सहनशीलता कायम गरी राजनीतिक स्थायित्व र सुशासनका निम्ति सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझी, नेकांका केन्द्रीय सदस्य अमृत अर्याल, गोपाल राजभण्डारी, वसन्त भट्टराई, नेकां मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी तथा सचिव मोदराज घिमिरे लगायतले प्रजातन्त्र स्थापनाका लागि स्व भट्टराईले गर्नुभएको योगदानका विषयमा चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण