नवलपुरमा घाँस काट्न गएका सासु-बुहारीको बाघको आक्रमणबाट मृत्यु
सोमबार, ०९ पुस २०८०, ०७ : ३३

पोखरा । नवलपुरमा बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । साथीहरुसँग घाँस काट्न गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनिहरू अवेरसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो । मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।
उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला परेको हो । गाउँले र प्रहरीको सहयोगमा राती खोजी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने
-
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि
-
साल्टको अर्धशतकले पञ्जाबलाई सजिलै हराउँदै बेंगलुरु चौथो पटक फाइनलमा
-
१० बजे १० समाचार : आगामी आर्थिक वर्षको बजेट घोषणादेखि राजावादी आन्दोलनसम्म
-
नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा नगर गान सार्वजनिक
-
आगामी आर्थिक वर्षको बजेट घोषणा, सबै अपडेट एकै ठाउँमा हेर्नुहोस्