व्यवस्थित बन्दै परशुराम नगरपालिका
डडेलधुरा । डडेल्धुराको परशुराम नगरपालिका व्यवस्थित बनिरहेको छ । सडक विस्तारसँगै भित्री मधेसको सदरमुकाम समेत रहेको पर्शुराम नगरपालिकाको लालढुङ्गा बजारलाई सौन्दर्य र व्यवस्थापन गरी व्यवस्थित शहर बनाउन लागिएको हो ।
व्यवस्थित परशुराम अभियानका साथ लालढुङ्गा बजार विस्तार तथा सौन्दर्यकरण गर्न थालिएपछि भित्रीमधेस क्षेत्रको आकर्षण र महत्व रहेको नगरपालिका व्यवस्थित शहर बनिरहेको हो ।
परशुराम नगरपालिका व्यवस्थित तथा सुन्दर बनाउने अभियानअन्तर्गत सडक विस्तार र कालोपत्र, ढल निकास, सडक सञ्जालीकरण, सिसी क्यामेरा जडान, पैदलमार्ग निर्माण, सडकबत्ती जडानलगायत शहर सौन्दर्यकरण गर्न थालिएको परशुरामका नगरप्रमुख भरत जोशीले जानकारी दिए ।
डडेल्धुरा जिल्लाको भित्रीमधेसमा रहेको जिल्लाकै ठूलो नगरपालिका परशुरामले व्यवस्थित तथा सुन्दर पालिका बनाउने अभियानअन्तर्गत पहिलो चरणमा पालिका सदरमुकाम लालढुङ्गा बजारमा सडक विस्तारको कार्य अघि बढाएको छ ।
पालिकाले सौन्दर्य र आकर्षक सडक बनाउन पहल शुरु गरी व्यवस्थित पालिका बनाउने अभियानका लागि सहरी विकास आयोजनाअन्तर्गत करिब रु ४० करोडको ठेक्का पारित गराई सडक चौडा बनाउन शुरु भएको छ ।
सो ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पनि समयमै तोकिएको गुणस्तरमा काम सम्पन्न गर्नेगरी योजनाबद्ध रुपमा कामको शुरुआत गरेको नगरप्रमुख जोशीले जानकारी दिए ।
सडकबत्ती, सिसी क्यामरा जडान, बगैँचा र उद्यान, फूलबारी निर्माण, पैदलमार्ग निर्माण, अन्य धार्मिक गन्तव्यसँग जोड्ने काम पनि व्यवस्थित गरिने नगरपालिकाले जनाएको छ ।
भित्रीमधेस क्षेत्रमा रहेका धार्मिकस्थल र पर्यटकीय गन्तव्य बनाउनका लागि बजार र यस क्षेत्रलाई नै व्यवस्थित गरी लैजान लागिएको परशुराम नगरपालिकाले जनाएको छ ।
परशुरामधाम, आलिताल, महाकाली नदी यसक्षेत्रका प्रमुख गन्तव्य हुन् भने पुन्तुरा नदी, रगुनदी, धार्मिक मन्दिर र अन्य आकर्षकस्थलसमेत व्यवस्थित गरी नगरपालिकामा धार्मिक पर्यटक र अन्य मानिसका सुविधाका लागि व्यवस्थित बसोबासको आवश्कता रहेको ।
पहिलो चरणमा लालढुङ्गा बजार, द्वारिका चोक, त्रिवेणी क्याम्पस हुँदै सिमलखेत जाने बाटोको पुन्तुरानदीसम्म व्यवस्थित तथा पक्की सडक सञ्जाल बनाउने काम शुरू भएको छ । यो काम तोकिएको गुणस्तरमा सम्भवतः बैशाखभित्रै सम्पन्न हुने विश्वास लिएको नगरप्रमुख जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण