५६ वर्षको उमेर अरबाजले गरे दोस्रो विवाह
मुम्बई । अभिनेता तथा फिल्म मेकर अरबाज खानले ५६ वर्षको उमेर दोस्रो विवाह गरेका छन् । उनले मेकअप आर्टिस शौरा खानसँग आइतबार साँझ विवाह गरेका हुन् ।
दुवैको विवाह समारोह अरबाजकै बहिनी अरपिताको घरमा आयोजना भएको थियो । अरबाजले मध्यरात सामाजिक सञ्जाल मार्फत श्रीमती शौराको साथ फोटो सेयरसमेत गरेका छन् । तस्बिरका साथ उनले लेखेका छन्, ‘हाम्रो प्रियजनको उपस्थितिमा हामी एक भएका छौँ । हाम्रो यो खास दिनमा तपाई सबैको आर्शीवाद र शुभकामना चाहियो ।’
_ZOq34DhG8g.jpg)
अभिनेत्री रवीना टन्डनले पनि मध्यरात एक भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनले लेखेकी छन्, ‘बधाई बधाई, बधाई डार्लिङ शौरा खान र अरबाज खान ।’ अरबाजसँग विवाह गर्ने शौरा रवीनाकी मेकअप आर्टिस्ट हुन् ।
विवाहमा अरबाजका नजिकका साथी र परिवार सदस्यमात्र सहभागी थिए । उनका बुबा सलीम, भाइ सलमान, सोहेल र बहिनी अलवीर खान लगायत सहभागी थिए । अभिनेत्री रिद्धिमा पण्डित पनि विवाहमा पुगेकी थिइन् । गायक हर्षदीप कौरले विवाहमा प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण