देशभर १७ हजार भन्दा बढी पशु चौपाया लम्पी स्किनका सक्रिय संक्रमित
काठमाडौँ । देशभर १७ हजार भन्दा बढी पशु चौपाया अझै लम्पी स्किनका सक्रिय संक्रमित छन् । १७ हजार ३ सय लम्पी स्किनका सक्रिय संक्रमित पशु चौपाया रहेको पशु सेवा विभागले जनाएको छ ।
देशभर कुल गाईभैंसीको संख्या ७५ लाखमध्ये १५ लाख ३६ हजार पशु संक्रमित भएका थिए । विभागका अनुसार संक्रमित पशुसंख्यामध्ये अझै देशभर १७ हजार ३ सय पशु चौपाया लम्पीका स्किन सक्रिय संक्रमित रहेका हुन् । हालसम्म ६५ हजार ४ सय पशु चौपायाको मृत्यु भइसकेको छ ।
मृत्यु भएका पशु चौपायाको क्षति ७६ अर्ब ४ लाख रुपैयाँ नेपाल पशु चिकित्सा परिषद्को अनुमान छ । संक्रमित पशुमध्ये ९४ दशमलव ६२ प्रतिशत पशु चौपाया निको भइसकेका छन् भने १ दशमलव १ दशमलव १२ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।
संक्रमितमध्ये ४ दशमलव २६ प्रतिशत पशुको मृत्यु भइसकेको परिषद्ले जनाएको छ । हालसम्म १० लाख ५३ हजार ५ सय ५२ पशुचौपायालाई लम्पी स्किनको विरुद्धको खोप लगाइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण