शरणार्थी शिविरमा इजरायली आक्रमण, कम्तीमा ७० जनाको मृत्यु
गाजा । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले मध्य गाजाको अल-मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-कुद्राका अनुसार यस क्षेत्रमा ठूलो संख्यामा परिवार बस्ने भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको बताएका हुन् । इजरायली सेनाले उनीहरूले आक्रमणको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ।
यस हमलामा परी घाइते भएका दर्जनौँ मानिसलाई माघाजी नजिकै रहेको अल-अक्सा अस्पतालमा लगिएको छ। सार्वजनिक भएको फुटेजमा धेरै बालबालिकाको शव रगतले लतपतिएको देखिन्छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार राति भएको आक्रमणबाट तीन घर प्रभावित भएका छन्। प्रवक्ताका अनुसार आक्रमणमा एक घना जनसंख्या भएको आवासीय ब्लक ध्वस्त भएको छ।
यसबिच इजरायली र अरब मिडियाका अनुसार इजिप्टले इजरायल र हमासबीच युद्धविरामका लागि नयाँ प्रस्ताव गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण