खुँखार चोर, जो १६ औँ पटक थुनामा छन्
काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा एकजना थुनुवा छन् । उनी हुन्, अमर देउला । ललितपुरको मंगलबजार घर भएका अमरलाई साथीभाइले ‘लाटो’ भनेर चिन्छन् । मंगलबजारको घर बेचेर अहिले उनी इमाडोलमा डेरामा बस्छन् ।
देउलालाई चोरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले रातोपाटीलाई बताए । २०८० कात्तिक ३० मा ललितपुर महानगरपालिका–८ खरिबोटस्थित रमेश श्रेष्ठको घरमा छिरेर १५ लाख बराबरको धनमाल चोरी गरेको मुद्दामा प्रहरीले उनीबारे अनुसन्धान गरिरहेको छ ।
अनुसन्धान अधिकृतहरूले देउलाले चोरेको ८ तोला सुन बरामद गरेका छन् । अमर पहिलोपटक पक्राउ परेका हैनन् । प्रहरी प्रधान कार्यालयको क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस) अनुसार अहिले उनी १६ औँ पटक प्रहरीको नियन्त्रणमा छन् ।
यस्तो छ अमरको अपराध तथ्यांक

२०६७ मङ्सिर ९ मा पहिलोपटक पक्राउ परेका थिए अमर । पहिलोपटक अभद्र व्यवहार मुद्दामा समातिएका उनी धेरैपटक चोरी मुद्दामा जेल परे । २०७१ मा मात्रै उनलाई प्रहरीले ११ वटा मुद्दा चलाएको तथ्याङ्कबाट भेटिएको छ ।
लागु औषधले देखाएको मार्ग
अमर लागु औषध प्रयोगकर्ता हुन् । लागुऔषध सेवन गर्दागर्दै उनले चोर्न थालेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । उनी नसाको सुरमा अर्काको घरमा छिरेर चोर्छन् अनि, चोरेको सामान तत्काल बेच्न भ्याउँछन् ।
अमर देउला आफ्नो मोटरसाइकलमा एक्लै चोर्न हिँड्छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘उनी समूहमा हिँड्दैनन् ।’ ४० वर्षीय अमरलाई प्रहरीले सिसिटिभी फुटेजमा देखिएको हुलियाको आधारमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेपछि उनले प्रहरीसँग भनेका छन्– ‘मैले चोरेको छैन ।’ अमर अहिले पनि लागुऔषध सिरिन्ज प्रयोग गर्छन् । डेरामा उनीसँगै उनकी पत्नी र छोरी बस्छन् ।
परिवारले उनलाई लागु औषधको लत छुटाउन भैंसेपाटीस्थित रिह्याव सेन्टरमा राखेको थियो । तर, त्यहाँबाट एक दिन आउट निस्केर उनी खरिबोटमा चोर्न पुगेका हुन् । २०६७ देखि अमरलाई चोरी र अभद्र व्यवहार मुद्दामा पक्राउ गर्न थालिएको ललितपुरका एसपी कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण