आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पा चिनाउन काठमाडौँमा फोटो  प्रदर्शनी, तस्बिरहरु

सोमबार, ०९ पुस २०८०, २० : ०६
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । २४ वर्षीय राहुल गुप्ता पेसाले व्यवसायी भएपनि उनको फोटोग्राफी प्रतिको मोह त्यत्तिकै छ । डोल्पा दुनै घर भई हाल व्यापार व्यवसाय गर्न  काठमाडौँ बस्ने राहुल व्यापारसँगै फोटोमार्फत आफ्नो जन्म जिल्ला चिनाइरहेका छन् ।  

राहुलले डोल्पासँग जोडिएका तस्बिरहरु जम्मा गरेर बानेश्वरस्थित उजामा क्याफेमा प्रदर्शनी को लागि राखेका छन् । उनले खिचेका तस्बिरहरु डोल्पाका विभिन्न भू–भागका साथै माथिल्लो डोल्पाको संस्कृति पनि समेटिएको छ । डोल्पा चिनाउन निरन्तर लागि परेका उनले उजामा क्याफेमा ३० वटा तस्बिरहरु राखेका छन् । काठमाडौँका मान्छेहरुलाई डोल्पा देखाउन पाउँदा उनी निकै खुसी छन् । उनले खिचेका तस्बिरहरुमध्ये दुर्लभ हिउँ चितुवाको पनि छ । एउटै फ्रेममा हिउँ चितुवाको माउ र दुई वटा बच्चा गरी तीन वटा हिउँ चितुवा रहेका छन् । 

उनले आफ्नो जिल्लाको माथिल्लो भेगमा गएर थप अनुसन्धान र अध्ययन गरी हिउँ चितुवामार्फत चिनाउन लागि पर्ने बताए । उनको प्रदर्शनी यही शुक्रबारसम्म रहने छ ।

dolpa (1)dolpa (2)dolpa (3)dolpa (4)dolpa (5)dolpa (6)dolpa (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप