डोल्पा चिनाउन काठमाडौँमा फोटो प्रदर्शनी, तस्बिरहरु
काठमाडौँ । २४ वर्षीय राहुल गुप्ता पेसाले व्यवसायी भएपनि उनको फोटोग्राफी प्रतिको मोह त्यत्तिकै छ । डोल्पा दुनै घर भई हाल व्यापार व्यवसाय गर्न काठमाडौँ बस्ने राहुल व्यापारसँगै फोटोमार्फत आफ्नो जन्म जिल्ला चिनाइरहेका छन् ।
राहुलले डोल्पासँग जोडिएका तस्बिरहरु जम्मा गरेर बानेश्वरस्थित उजामा क्याफेमा प्रदर्शनी को लागि राखेका छन् । उनले खिचेका तस्बिरहरु डोल्पाका विभिन्न भू–भागका साथै माथिल्लो डोल्पाको संस्कृति पनि समेटिएको छ । डोल्पा चिनाउन निरन्तर लागि परेका उनले उजामा क्याफेमा ३० वटा तस्बिरहरु राखेका छन् । काठमाडौँका मान्छेहरुलाई डोल्पा देखाउन पाउँदा उनी निकै खुसी छन् । उनले खिचेका तस्बिरहरुमध्ये दुर्लभ हिउँ चितुवाको पनि छ । एउटै फ्रेममा हिउँ चितुवाको माउ र दुई वटा बच्चा गरी तीन वटा हिउँ चितुवा रहेका छन् ।
उनले आफ्नो जिल्लाको माथिल्लो भेगमा गएर थप अनुसन्धान र अध्ययन गरी हिउँ चितुवामार्फत चिनाउन लागि पर्ने बताए । उनको प्रदर्शनी यही शुक्रबारसम्म रहने छ ।
_ZbD4U1jhKJ.jpg)
_6cbC7x1Yge.jpg)
_c5S3ndRGvD.jpg)
_oRi3Muk3ty.jpg)
_qnPLMQi7yB.jpg)
_XCLn5IO5IA.jpg)
_5ObnOGN3it.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण