आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २०,६७४ पुग्यो

सोमबार, ०९ पुस २०८०, २० : ५२
सोमबार, ०९ पुस २०८०

गाजा स्ट्रीप । गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २०,६७४ पुगेको छ ।

हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबरको सुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट सुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ।- (रासस-एएफपी)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप