इजरायलको बमबारीमा कुनै कमी आएन : राष्ट्र संघ
मङ्गलबार, १० पुस २०८०, १२ : २६
गाजा । गाजाका अस्पतालहरूको भ्रमण गरेपछि त्यहाँ इजरायलको बमबारीमा कुनै कमी नआएको संयुक्त राष्ट्रका एक अधिकारीले बताएकी छन् ।
गाजाका अस्पतालहरूको अवस्था अत्यन्तै खराब छ भने उनीहरूलाई आवश्यक औषधि र सामानहरू आपूर्ति गर्न संघर्ष भइरहेको छ।
संयुक्त राष्ट्र संघको मानवीय संस्था ओसीएचएकी जेम्मा कोनेलले बीबीसीसँग कुराकानी गर्दै सोमबार मध्य गाजाको अल-अक्सा अस्पतालमा देखेको कुरा ‘पूर्ण रूपमा नरसंहार’ भएको जिकिर गरिन्। अस्पतालमा क्षमताभन्दा धेरै बिरामी देखिएकाले गम्भीर घाइते भएका धेरैको उपचार हुन नसकेको उनले बताइन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालै यो लडाइँलाई तीव्रता दिने र हमासको विनाश नभएसम्म यो जारी रहने बताएका थिए । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलले आक्रमणको तीव्रता घटाउनुपर्ने बताएपछि उनको यो बयान आएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण