पेरिसको एउटा फ्ल्याटमा भेटियो पाँच जनाको शव
मङ्गलबार, १० पुस २०८०, १२ : ५०

पेरिस । उत्तर पूर्वी पेरिसको एक फ्ल्याटमा पाँच जनाको शव फेला परेपछि फ्रान्सको प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्थानीय मिडियाका अनुसार मृतकमा एक महिला र उनका चार छोराछोरी रहेका छन् ।
उनीहरूको शव राजधानी पेरिसभन्दा ४१ किलोमिटर टाढा रहेको मोउ सहरमा भेटिएको प्रहरीको भनाई छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले ती परिवारका ३३ वर्षीय पितालाई खोजिरहेको छ । उनी हाल फरार रहेका छन् ।
पछिल्लो समय पेरिस क्षेत्रमा पारिवारिक हत्याकाण्डका घटना बढेका छन् । गत नोभेम्बरमा अल्फोर्टभिलमा एक ४१ वर्षीय पुरुषले आफ्ना ३ छोरीहरूको हत्या गरेका थिए । त्यसअघि अक्टोबरमा एक प्रहरीले भेमार्समा आफ्ना तीन छोरीको हत्यापछि आत्महत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजीनामा दिने विचार गरिरहेका छन् मोहम्मद युनुस ?
-
पालिका मातहतका सिटी रिक्सा अब प्रदेश मातहत हुने, दर्ता शुल्क १० हजार पुर्याइयो
-
सत्ताधारी नालायक र सडक अराजक बन्दै गए समाजको निराशा अझ भयावह हुनसक्छ : भुसाल
-
भिजिट भिसामा बदमासी : यी हुन् सरुवा भएका भट्टराईसहितका ९ कर्मचारी (सूचीसहित)
-
बजेटमा सपनाको प्रोजेक्ट चाहिएको छैन : रवि सिंह
-
नयाँ गभर्नर नियुक्तिपछि राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी फेरि बाँडफाँट, कसले के पाए ?