पेरिसको एउटा फ्ल्याटमा भेटियो पाँच जनाको शव
मङ्गलबार, १० पुस २०८०, १२ : ५०
पेरिस । उत्तर पूर्वी पेरिसको एक फ्ल्याटमा पाँच जनाको शव फेला परेपछि फ्रान्सको प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्थानीय मिडियाका अनुसार मृतकमा एक महिला र उनका चार छोराछोरी रहेका छन् ।
उनीहरूको शव राजधानी पेरिसभन्दा ४१ किलोमिटर टाढा रहेको मोउ सहरमा भेटिएको प्रहरीको भनाई छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले ती परिवारका ३३ वर्षीय पितालाई खोजिरहेको छ । उनी हाल फरार रहेका छन् ।
पछिल्लो समय पेरिस क्षेत्रमा पारिवारिक हत्याकाण्डका घटना बढेका छन् । गत नोभेम्बरमा अल्फोर्टभिलमा एक ४१ वर्षीय पुरुषले आफ्ना ३ छोरीहरूको हत्या गरेका थिए । त्यसअघि अक्टोबरमा एक प्रहरीले भेमार्समा आफ्ना तीन छोरीको हत्यापछि आत्महत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण