पाइलट नै नभएको कार्गो विमान उडेपछि
क्यालिफोनिर्या । विश्वमा सबैभन्दा धेरै प्रयोग हुने एउटा कार्गो विमानले कोही चालक नहुँदा पनि सारा उडान सफलतापूर्वक पूरा गरेको छ । कूल १२ मिनेटको सो उडानमा विमान उत्तरी क्यालिफोनिर्याको होलिष्टर एयरपोर्टबाट छुटेको थियो । विमानलाई रिलायबल रोबोटिक्सले चलाएको थियो ।
कम्पनीले सन् २०१९ देखि नै अर्ध–स्वचालित उडान प्रणालीमा काम गरिरहेको थियो । यसमार्फत पाइलटले टाढै बसेर विमानलाई चलाइरहेका थिए । नोभेम्बरमा ५० मिनेटको एउटा फ्लाइट पूरा गरेको कम्पनीले हालै घोषणा गरेको थियो । विमानको नाम सेस्सेना काराभ्यान थियो । सिंगल इञ्जिन भएको यो विमान उडान तालिम, पर्यटन, मानवीय मिसन र क्षेत्रीय स्तरमा कार्गो सेवाका लागि बढी चर्चित छ ।
सेस्सेनाले ३ हजार थान क्याराभ्यान बनाइसकेको छ । यो कार्गोका लागि सबैभन्दा बढी प्रयोगमा आएको विमान भएको रिलायबल रोबोटिक्सका सीईओ रोबर्ट रोजले बताए । यो विमान अहिलेका ठुला विमानको तुलनामा कम उचाइ अनि प्रतिकूल मौसममा उड्छ । त्यसैले यी विमानहरू चलाउन चुनौतीपूर्ण भएको अनि यिनीहरूको सञ्चालन सुरक्षामा सुधार ल्याउन स्वचालनले निकै लामो दूरी तय गर्नु पर्ने रोजले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण