नाटकमा अभिनय गर्नु गाह्रो रहेछ : अभिनेत्री मलिका

काठमाडौँ । अभिनेत्री मलिका महतले फिल्मभन्दा नाटकमा अभिनय गर्नु निकै गाह्रो रहेको बताएकी छन् । नाटकको अभिनय प्रक्रिया फरक समेत भएको आफूले पाएको उनको धारणा छ ।
मलिका यतिबेला नाटक ‘पगला घोडा’ मा अभिनय गर्ने तरखरमा छिन् । थिएटर आकारको प्रस्तुतिमा मण्डला थिएटरमा पुस १२ गतेबाट मञ्चन हुने ‘पगला घोडा’बाटै उनले थिएटर डेब्यु गर्न लागेकी हुन् ।
नाटक अभिनय सुरुमा निकै कठिन भएको उनको अनुभव छ । ‘सुरुमा नाटक गर्न निकै कठिन भयो । अहिले आएर बल्ल सहज महसुस गरेकी छु,’ उनले भनिन् ‘पहिलो नाटक, त्यसमा पनि ४ चरित्र फरक फरक । निकै गाह्रो भयो ।’ फिल्मजस्तै नाटक पनि हो भन्ने सोचकी उनले वर्कशपमा आएपछि नाटकको प्रक्रिया निकै फरक भएको थाहा पाएकी सुनाइन् । भनिन्, ‘सुरुवातमा गाह्रो भएपनि अहिले भने रमाइलो लागि रहेको छ ।’
आफूलाई नयाँ–नयाँ कुरा अनुभव गर्न मन लाग्ने भएकोले नाटक अभिनय गरेको उनले बताइन् । भारतीय सु–प्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् । नाटकमा उनको अलवा प्रमोद अग्रहरी, आशान्त शर्मा, विजय ताम्राकार, विम्ब अधिकारी लगायतको अभिनय छ ।
मलिका पछिल्लो समय फिल्म ‘सतिदेवी’को कारण चर्चामा छिन् । फिल्मको केही अगाडि फष्टलुक सार्वजनिक भएको थियो । फष्टलुकमा जुत्ताको माला लगाएर लखेटिएको अवस्थामा उनी देखिएको थिइन् ।
जसले सबैको ध्यान खिच्न सफल भएको थियो । फिल्म लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् । फिल्मले आफ्नो अभिनयमा नयाँ उचाइ बन्न उनले आस लिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीएस कोरिया शाखामा धर्ना
-
सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा द्वन्द्वपीडितकाे प्रतिनिधित्व गराउने देउवाको प्रतिबद्धता
-
‘जार’ अभिनयले एउटा सपना पूरा भयो : अभिनेता सौगात मल्ल
-
सिंहदबारपछि बानेश्वरमा ओली–प्रचण्डको तस्बिर चर्चा
-
स्क्विड गेमको सिजन ३ ल्याउँदैछन् मेकर
-
भयानक कार दुर्घटनामा इन्डियन आइडल–१२ विजेता पवनदीप राजन घाइते