सरकारको काममा मेरो हुटहुटी अनुसारको परिणाम आएको छैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटी अनुसारको परिणाम नआएको बताएका छन् । मंगलबार सरकार गठनको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरूप हुन नसकेको स्वीकार गरेका हुन् ।
उनले सरकार असफल भने नभएको बताए । उनले अबका दिनमा सरकारको कार्यशैली बदलिने बताए । उनले भने – ‘आज म देशवासीमा स्वीकार गर्दछु कि सरकार असफल त भएन । तर मेरो आफ्नै हुटहुटी अनुसारको परिणाम पनि आएको छैन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु । देश कति बन्यो होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिने छ । केही पूर्वनिर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दु हुनेछ । यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिङ्गो राज्यका लागि यो संकेत र सन्देश हुनेछ ।’
प्रधानमन्त्री दाहालले यही साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण