शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको सम्बोधन

सरकारको काममा मेरो हुटहुटी अनुसारको परिणाम आएको छैन : प्रधानमन्त्री

मङ्गलबार, १० पुस २०८०, १७ : ४४
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटी अनुसारको परिणाम नआएको बताएका छन् । मंगलबार सरकार गठनको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरूप हुन नसकेको स्वीकार गरेका हुन् । 

उनले सरकार असफल भने नभएको बताए । उनले अबका दिनमा सरकारको कार्यशैली बदलिने बताए । उनले भने – ‘आज म देशवासीमा स्वीकार गर्दछु कि सरकार असफल त भएन । तर मेरो आफ्नै हुटहुटी अनुसारको परिणाम पनि आएको छैन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु । देश कति बन्यो होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिने छ । केही पूर्वनिर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दु हुनेछ । यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिङ्गो राज्यका लागि यो संकेत र सन्देश हुनेछ ।’

प्रधानमन्त्री दाहालले यही साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप