एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट
बुधबार, ११ पुस २०८०, ०६ : ५४
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने बैठक तीन दिनसम्म चल्नेछ ।
बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने बताइएको छ । बैठकमा प्रदेश, क्षेत्र र भूगोलमा नेताहरूको जिम्मेवारी तोकिनेछ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकाे तर्फबाट उम्मेदवारको छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे पनि छलफल गर्ने पार्टीको तयारी छ ।
साथै विधान संशोधन प्रस्ताव उपर पनि बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण