इजरायलसँग लड्न हुथी विद्रोहीका २० हजार लडाकु तयार
काठमाडौं । यमनका हुथी विद्रोहीहरूले इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरूलाई तालिम दिएको बताइएको छ । लडाकुहरू हुथी कमान्डर अब्दुल मलिकअल–हुथीको आदेशमा गाजा जान तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यमनी समाचार एजेन्सी साबाले २० हजार लडाकुहरूको प्रशिक्षण पूरा भएको अवसरमा उत्तर पश्चिमी यमनी प्रान्त हज्जाहमा परेड पनि आयोजना गरिएको बताएको छ ।
यस क्रममा हुथी लडाकुहरूले आफ्नो हतियार र सैन्य शक्ति प्रदर्शन गरेका थिए । हुथी इरानको नियन्त्रणमा रहेको यमनमा सक्रिय शिया आतङ्कवादी समूह हो ।
हुथी लडाकुहरूले इरानबाट हतियार, तालिम र पैसा पाउँछन् । हुथी विद्रोहीहरूले गाजापट्टीमा इजरायली आक्रमण नरोकेसम्म र मानवीय सहायता नपुगेसम्म आफ्नो आक्रमण नरोकिने दाबी गरेका छन् ।
हुथीले अमेरिकालाई यमनमा आक्रमण नगर्न चेतावनी पनि दिएको छ । हुथी नेता अब्दुल मलिक अलहुथीले अमेरिकाले यमन विरुद्ध कुनै प्रकारको आक्रामक कारबाही गरेमा ठुलो मूल्य चुकाउनु पर्ने बताएका छन् ।
उनले अमेरिकालाई भियतनाम युद्धमा जस्तो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण