रोनाल्डोको गोल वर्षा जारी, सन् २०२३ मा ५३ गोल
रियाद । क्रिस्टियानो रोनाल्डोले आफ्नो गोल वर्षा जारी राख्दा अल–नासरले साउदी प्रो लिगमा १० खेलाडीमा सीमित अल–इतिहादमाथि ५–२ को सहज जीत हासिल गरेको छ ।
खेलमा अग्रता भने अल–इतिहादले लिएको थियो । अब्देरजाकले हमदल्लाहले १४ औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । तर, १९ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । ३८ औँ मिनेटमा टालिस्काले अल–नासरलाई अग्रता दिलाए ।
दोस्रो हाफको सुरुवातमा हमदल्लाहले अल–इतिहादका लागि बराबरी गोल फर्काएका थिए । तर, ६६ औँ मिनेटमा फाबिन्होले रातोकार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्यो । ६८ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पुनः अल–नासरलाई अग्रता दिलाए ।
पोर्चुगिज फरवार्ड यो सिजन उत्कृष्ट फर्ममा देखिएका छन् । लिगमा यो सिजन उनले आफ्नो गोल सङ्ख्या १९ पुर्याएका छन् । गोल्डन बुटको दौडमा उनी अग्रस्थानमा छन् । सबै प्रतियोगितामा उनले यो सिजन २१ गोल गरेका छन् भने सन् २०२३ मा उनको गोल सङ्ख्या ५३ पुगेको छ ।
खेलको अन्त्यतिर साडियो मानेले दुई गोल थप्दै टोलीलाई सहज जीत दिलाए । जीतपछि अल नासरले शीर्ष स्थानमा रहेको अल–हिलालसँगको दुरी ७ अङ्कमा झारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण