मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको गोल वर्षा जारी, सन् २०२३ मा ५३ गोल

बुधबार, ११ पुस २०८०, ०९ : १६
बुधबार, ११ पुस २०८०

रियाद । क्रिस्टियानो रोनाल्डोले आफ्नो गोल वर्षा जारी राख्दा अल–नासरले साउदी प्रो लिगमा १० खेलाडीमा सीमित अल–इतिहादमाथि ५–२ को सहज जीत हासिल गरेको छ ।

खेलमा अग्रता भने अल–इतिहादले लिएको थियो । अब्देरजाकले हमदल्लाहले १४ औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । तर, १९ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । ३८ औँ मिनेटमा टालिस्काले अल–नासरलाई अग्रता दिलाए ।

दोस्रो हाफको सुरुवातमा हमदल्लाहले अल–इतिहादका लागि बराबरी गोल फर्काएका थिए । तर, ६६ औँ मिनेटमा फाबिन्होले रातोकार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्यो । ६८ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पुनः अल–नासरलाई अग्रता दिलाए ।

पोर्चुगिज फरवार्ड यो सिजन उत्कृष्ट फर्ममा देखिएका छन् । लिगमा यो सिजन उनले आफ्नो गोल सङ्ख्या १९ पुर्‍याएका छन् । गोल्डन बुटको दौडमा उनी अग्रस्थानमा छन् । सबै प्रतियोगितामा उनले यो सिजन २१ गोल गरेका छन् भने सन् २०२३ मा उनको गोल सङ्ख्या ५३ पुगेको छ ।

खेलको अन्त्यतिर साडियो मानेले दुई गोल थप्दै टोलीलाई सहज जीत दिलाए । जीतपछि अल नासरले शीर्ष स्थानमा रहेको अल–हिलालसँगको दुरी ७ अङ्कमा झारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप