शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार

बुधबार, ११ पुस २०८०, ११ : ३८
बुधबार, ११ पुस २०८०

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबिच मंगलबार १४८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार सामान्य घटेर १४७५ रुपैयाँमा कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप