गाजामा पछिल्लो २४ घण्टामा २ सय ४१ जनाको मृत्यु
गाजा । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा पछिल्लो २४ घण्टामा २ सय ४१ जनाको मृत्यु भएको जनाएको छ । गाजामा इजरायलको सैन्य कारबाही जारी छ ।
प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमूद अब्बासले युद्धलाई आफ्ना जनताविरुद्धको ‘जघन्य अपराध’ भनेका छन्। उता इजरायलका सेना प्रमुख हर्जी हेलेवीले हमाससँगको द्वन्द्व 'अब केही महिनासम्म जारी रहने' बताएका छन्।
मध्य गाजामा स्थल सैन्य कारबाहीको बिचमा इजरायलले मंगलबार १०० भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएको जनाएको छ। गाजाको इजरायलसँग जोडिएको क्षेत्रमा बुधबार बिहान पनि ठूलो विस्फोटको आवाज सुनिएको थियो ।
इजरायलले वेस्ट बैंकको नूर शाम्स शरणार्थी शिविरमा रातभर ड्रोन आक्रमण गरेको छ, जसमा कम्तिमा छ प्यालेस्टाइनीको मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयले यो २४ घण्टामा ३८२ जना घाइते भएको जनाएको छ ।
मन्त्रालयका अनुसार विगत ११ हप्तादेखि जारी यो युद्धमा २० हजार ९१५ प्यालेस्टिनीले ज्यान गुमाएका छन् । जसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण