ठग बहादुरलाई जोगाउन उल्टो बकपत्र गर्नेविरुद्ध मुद्दा दायर
काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख डिएसपी ठग बहादुर केसी सम्मिलित घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएका खेम/खिलेन्द्र भन्ने खिलेन्द्र सिंह जिसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
केसीलाई जोगाउन उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए ।
रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका – १० स्थायी ठेगाना भई बुटवल उपमहानगरपालिका–४ लक्ष्मीपुर बस्ने जिसीले प्रतिवादी केसी संलग्न भएको भ्रष्टाचार मुद्दामा बकपत्र गर्दा फरक बयान दिएका थिए । आयोगले जिसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा १८ लाख रुपैयाँ बिगो र कैद सजायको मागदावी लिएको छ ।
सिंहले नै सुन छुटाइदिन माग गर्दै डिएसपी केसीलाई १८ लाख रुपैयाँ बुझाएका थिए । प्रहरी महानिरीक्षकको सचिवालय र केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले डिएसपी केसीलाई २०७९ पुस १० गते राति ३५ तोला सुन र १८ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण