बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ठग बहादुरलाई जोगाउन उल्टो बकपत्र गर्नेविरुद्ध मुद्दा दायर

बुधबार, ११ पुस २०८०, १७ : ०२
बुधबार, ११ पुस २०८०

काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख डिएसपी ठग बहादुर केसी सम्मिलित घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएका खेम/खिलेन्द्र भन्ने खिलेन्द्र सिंह जिसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

केसीलाई जोगाउन उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए । 

 रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका – १० स्थायी ठेगाना भई बुटवल उपमहानगरपालिका–४ लक्ष्मीपुर बस्ने जिसीले प्रतिवादी केसी संलग्न भएको भ्रष्टाचार मुद्दामा बकपत्र गर्दा फरक बयान दिएका थिए । आयोगले जिसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा १८ लाख रुपैयाँ बिगो र कैद सजायको मागदावी लिएको छ ।

सिंहले नै सुन छुटाइदिन माग गर्दै डिएसपी केसीलाई १८ लाख रुपैयाँ बुझाएका थिए । प्रहरी महानिरीक्षकको सचिवालय र केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले डिएसपी केसीलाई २०७९ पुस १० गते राति ३५ तोला सुन र १८ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप