सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधानका लागि राजनीतिक नेतृत्वसँग उद्योगीको भेटघाट

बुधबार, ११ पुस २०८०, १७ : १९
बुधबार, ११ पुस २०८०

काठमाडौँ । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रङ्कलाइन विवादका विषयमा राजनीतिक भेटघाट बढाएका छन् । उद्योगीले शीर्ष दलका राजनीतिक नेतासँग भेटघाट बढाएका हुन् ।

परिसंघ टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । परिसंघ उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरूले राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेको उद्योगीले आज बुधवार बिहान भएको कांग्रेस सभापति देउवासँग भेटघाट गरेका हुन् । सो भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानुनी व्यवस्था अनुरूप विवाद समाधान हुनुपर्ने बताए ।

‘कानुनी व्यवस्था अनुरूप हुनुपर्छ, सबैले कानुनको पालना गर्नुपर्छ । यो विवाद बढाउने नभई समाधान गर्नेतर्फ आफूहरूले पनि सरकारको ध्यानाकर्षण गराउने’ आश्वासन दिएको मोरले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप