डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधानका लागि राजनीतिक नेतृत्वसँग उद्योगीको भेटघाट
काठमाडौँ । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रङ्कलाइन विवादका विषयमा राजनीतिक भेटघाट बढाएका छन् । उद्योगीले शीर्ष दलका राजनीतिक नेतासँग भेटघाट बढाएका हुन् ।
परिसंघ टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । परिसंघ उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरूले राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेको उद्योगीले आज बुधवार बिहान भएको कांग्रेस सभापति देउवासँग भेटघाट गरेका हुन् । सो भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानुनी व्यवस्था अनुरूप विवाद समाधान हुनुपर्ने बताए ।
‘कानुनी व्यवस्था अनुरूप हुनुपर्छ, सबैले कानुनको पालना गर्नुपर्छ । यो विवाद बढाउने नभई समाधान गर्नेतर्फ आफूहरूले पनि सरकारको ध्यानाकर्षण गराउने’ आश्वासन दिएको मोरले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण