शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

चार हजार घुससहित अमिन अख्तियारको नियन्त्रणमा

बुधबार, ११ पुस २०८०, १८ : १२
बुधबार, ११ पुस २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार घुससहित अमिनलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले बुधबार नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाललाई चार हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । 

उक्त रकमसहित कार्यकक्षबाट उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप